माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

रामशरण माझी
२३ कार्तिक २०७८, मंगलवार १८:४७

मकवानपुर । आगामी पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निधो भएको नेकपा(माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने तयारी सुरु गरिएको छ ।

पार्टीको आज मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी राष्ट्रिय सम्मेलन गर्ने स्थान तोकेको हो । यस्तै, प्रदेश पदाधिकारीहरूका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंग्याउने पनि बैठकले निर्णय गरेको छ ।

बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टी प्रबक्ता कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरिएको बताए । उनका अनुसार बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने सहमती भएको छ ।

यसका साथै, अहिले न्यायालयमा देखिएका विवाद न्यायलय आफैंले टुंगो लगाउनुपर्ने आफूहरुको भनाइ रहेको माओवादी केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*