थाहानगरका सूचना अधिकारी भूजेल सम्मानित

बकैया दर्पण संवाददाता
१३ आश्विन २०७८, बुधबार ०७:४०

मकवानपुर । मकवानपुरको थाहानगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा भुजेल सम्मानित भएका हुन् ।
काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले सूचना अधिकारीलाई सम्मान गरेका हुन् ।

यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङका राजेश चौधरी र जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी सरोज खतिवडा पनि नगद सहित सम्मानित भएका छन् ।

सूचनाको हकका अभियन्ता अजयकुमार साह (उदयपुर),डा.मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको ‘विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार’ प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*