बागमतीमा बाख्रालाई पिपिआर खोप लगाउन सुरु

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १३:५०

बागमती: बागमती गाउँपालिकामा बाख्रारभेडामा लाग्ने पिपिआर रोगविरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बिहीबार वडा नम्बर ५ बाट खोप अभियान सुरु भएको हो ।

तस्बिर : रबिन्द्र वाईबा

गाउँपालिकाको पशु शाखाका प्राविधिक राजेन्द्र गोलेका अनुसार ७ दिनसम्म चल्ने अभियानमा गाउँपालिकाभित्र २५ हजार खोप लगाउने लक्ष्य छ । यसका लागि ६ जना भ्याक्सिनेटर नियुक्त गरिएको उहाँले बताउनुभयो । गत वर्ष पालिकाभित्र २० हजार बाख्रामा खोप लगाएको थियो।प्रदेश सरकारको कार्यक्रम अन्तर्गत खोप लगाउन सुरु गरिएको हो ।

तस्बिर : रबिन्द्र वाईबा

यसका लागि जिल्ला पशु सेवा कार्यालयले प्राविधिक सहयोग गरेको छ। पिपिआर खोपले बाख्रालाई रोगबाट जोगिने पशु प्राविधिक गोलेले बताउनुभयो ।पशु पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्ने लगायतका लक्षण देखिन्छ।

यो लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको छ। खोप अभियानमा सबै बाख्रा पालक कृषकहरुले आफ्नो बाख्राहरु लाई खोप लगाउन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*