बकैया–७ मा जारी वडा स्तरीय फुटबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

बकैया दर्पण संवाददाता
१३ पुष २०८२, आईतवार १८:०३

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं. ७ मा सञ्चालन हुँदै आएको वडा स्तरीय फुटबल प्रतियोगिता आजको खेलपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ।

आज भएको सेमिफाइनल चरणको पहिलो खेल अधेरे टोल विकास समिति र हात्तिखोला टोल विकास समिति बीच सम्पन्न भएको थियो। खेलको निर्धारित समय सकिएपछि थप गरिएको २ मिनेटको समयमा खेलाडी–खेलाडीबीच विवाद उत्पन्न भएपछि अवस्था नियन्त्रण बाहिर जान सक्ने देखिएकाले खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ।

वडा नं. ७ खेलकुद विकास समितिका संयोजक असोक लोप्चनले विवादपछि खेल तत्काल स्थगित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अर्को सूचना जारी नहुँदासम्म उक्त फुटबल प्रतियोगिता स्थगित रहनेछ।

आयोजक समितिले खेलमैदानको शान्ति सुरक्षा र खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिएको जनाएको छ भने आगामी निर्णय तथा नयाँ तालिकाबारे पछि जानकारी गराइने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*