बकैया–११ मा टोल विकास स्तरीय नकआउट फुटबल सम्पन्न, कालिदमार कपासे प्रथम
बकैया–११ मा टोल विकास स्तरीय नकआउट फुटबल सम्पन्न, कालिदमार कपासे प्रथ
बकैया गाउँपालिका वडा नं. ११ खेलकुद विकास समितिको आयोजनामा ११ नम्बर वडा स्तरीय टोल विकास नकआउट फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ साल पौष १० गतेदेखि सुरु भएको प्रतियोगिता पौष १२ गते समापन भएको हो।
प्रतियोगितामा वडा भित्रका जम्मा ८ वटा टोल विकास समितिहरूको सहभागिता रहेको थियो। पौष १२ गते सम्पन्न फाइनल खेलमा कालिदमार कपासे टोल विकास समिति र वाइपालोसे सिमलट्वाक टोल विकास समिति बीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक फाइनल खेलमा कालिदमार कपासे टोल विकास समितिले ३–० गोल अन्तरले विजयी हुँदै प्रतियोगिताको उपाधि सहित प्रथम ट्रफी उचाल्न सफल भयो।

समापन समारोहमा प्रमुख अतिथिका रूपमा वडा नं ११ का वडा अध्यक्ष गोपाल नेशुर रहनुभएको थियो अतिथिहरुमा बकैया खेलकुद बिकास समितिको संयोजक विजय थिङ, शिवराम ढकाल, शुकराम भोम्जन उपस्थित रहनुभएको थियो। कार्यक्रमको सभाध्यक्षता सुवास स्याङतानले गर्नुभएको थियो भने सञ्चालन दीर्घ स्याङतानले गर्नुभएको थियो।
समारोहकै अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै खेलाडी सुजन गुरुङलाई सम्मान समेत गरिएको थियो।

आयोजक समितिले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास, आपसी सद्भाव र युवाहरूलाई खेलतर्फ प्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको
