हरिहरपुरगढी–१ सिखर सिन्धुलिकी आगलागीपीडित फुलमाया रुम्बालाई जीवन विकास लघुवित्तद्वारा राहत सहयोग

बकैया दर्पण संवाददाता
२७ मंसिर २०८२, शुक्रबार ०७:५४

सिन्धुली,हरिहरपुर गढी – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बागमतीले हरिहरपुरगढी–१, सिखर (सिन्धुली) निवासी फुलमाया रुम्बालाई आगलागीबाट भएको क्षतिको राहतस्वरूप आवश्यक सहयोग हस्तान्तरण गरेको छ।

आगलागीले घर–परिवार ठूलो संकटमा परेको जानकारी पाएपछि संस्थाले तत्काल पहल गर्दै खाद्यान्न, लत्ता–कपडा तथा अन्य आवश्यक सामग्री प्रदान गरेको हो। राहत वितरण कार्यक्रममा संस्थाका मकवानपुर जिल्ला प्रमुख सुजन कुमार मण्डल, शाखा प्रमुख देवेन्द्र दाहाल, कर्मचारीहरु, स्थानीय सदस्य तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

बागमती शाखाले विपद्का बेला सदस्यको साथमा उभिनु संस्थाको दायित्व र सामाजिक उत्तरदायित्व भएको बताउँदै आगामी दिनमा पनि यस किसिमको सहयोग निरन्तर रूपमा जारी रहने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*