बकैया–६ मा संचालन हुँदै गरेको वडा स्तरीय फुटबल प्रतियोगितामा जीवन विकास लघुवित्तद्वारा १३ थान जर्सी प्रदान
मकवानपुर ,बकैया – बकैया गाउँपालिका–६, कर्मचुलीमा सञ्चालन भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुनेलीले खेलकुद सामाग्री सहयोग गरेको छ। संस्था तर्फबाट १३ थान फुटबल जर्सी प्रदान गरिएको हो।

जर्सी वितरण कार्यक्रममा जीवन विकास लघुवित्त मकवानपुरका जिल्ला प्रमुख सुजन कुमार मण्डल र शाखा प्रमुख अविनाश रौनियारको विशेष उपस्थिति रहेको थियो। खेलकुदमैत्री वातावरण निर्माण र स्थानीय युवालाई खेलमा प्रेरित गर्ने उद्देश्यले संस्थाले सहयोग गरेको बताइएको छ।
स्थानीय युवा, खेलकुद विकास समिति तथा प्रतियोगिता आयोजकले जीवन विकास लघुवित्तप्रति सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। प्रतियोगिता मंसिर २२ गतेदेखि २५ गतेसम्म बकैया–६ कर्मचुलीको खेलमैदानमा सञ्चालन भइरहेको छ।
