कुलेखानी–सिस्नेरी सडकमा ट्रक दुर्घटना
मकवानपुर — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालटारस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा आज बिहान एक ट्रक दुर्घटनामा परेको छ।
मिति २०८२ मंसिर २३ गते बिहान करिब ८:४० बजे काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४१६७ नम्बरको खाली ट्रक ब्रेक फेल भएर सडकबाट करिब २० फिट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रकमा क्षति पुगेको छ। घटनास्थल प्रहारी चौकी सिस्नेरीबाट करिब १ किलोमिटर पूर्वतर्फ पर्छ।
घटनास्थलमा प्र.चौकी सिस्नेरीका प्रहरी सहायक निरीक्षक रामप्रसाद यादवको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
ट्रक चालक चितवन जिल्ला कालिका नगरपालिका–८ का २८ वर्षीय अनमोल मगर रहेका छन्। उहाँ अहिले सामान्य अवस्थामा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
