लगुऔषध अफिमसहित हेटौंडाका मोक्तान पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले ३ किलो ८ सय ६० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-११ स्थित थानाभर्याङका ठाकुर सिं मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार दिउँसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मोक्तानको घरमा रितपुर्वक खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा फेला पारी प्रहरीले उक्त लागुऔषध बरामद गरेको हो ।
उक्त लागुऔषधसहित मोक्तानलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट लागुऔषध कसुर मुद्धामा ४ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान गरिहेको जनाएको छ ।