बागमती-३, देउजोरमा रुखले च्यापेर लिम्बुको मृत्यु

बकैया दर्पण संवाददाता
१६ बैशाख २०८२, मंगलवार १४:५२

बागमती: मकवानपुरको बागमती गाउँपालिका-३ स्थित देउजोरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको इलाम नगरपालिका-९ का ४६ वर्षीय दिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार साँझ ५ बजे बजेको समयमा देउजोरस्थित सुर्य किरण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखले च्यापेर लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई रुखले च्यापेको भन्ने खबर स्थानीय मार्फत प्राप्त हुनासाथ प्रहरी राति ९:३० बजे घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित् राखिएको थियो ।

घटनाबारे थप अनुसन्धान र मुचुल्काको लागि बिहीवार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा टोली खटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*