‎मकवानपुरको बकैया र कोरिया बयगुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव

बकैया दर्पण संवाददाता
१० बैशाख २०८२, बुधबार २०:०१

बकैया दर्पण :  मकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गरिने भएको छ । ‎कोरियन कल्चर सेन्टरका प्रतिनिधि मुन यङ सुसहितको प्रतिनिधिहरुसँग बकैया गाउँपालिकामा बुधबार छलफलसहित बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको हो ।

‎बकैया गाउँपालिका र बुय–गुन पालिकाबिच बकैया गाउँपालिकालाई कृषि, पर्यटन, शिक्षा र प्रविधि हस्तान्तरणको क्षेत्रमा सहयोग गर्ने गरी भगिनी सम्बन्ध कायम गर्न लागिएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो ।
‎सो अवसरमा कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सुलाई भगिनी सम्बन्ध कायम गर्नका लागि सहजीकरण गरिदिन अनुरोध गर्ने निर्णयसहित बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले कोरियन कल्चर सेन्टरका प्रतिनिधि अनुरोधपत्र हस्तान्तरण गर्नुभयो ।

‎छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, किम नाम सिक, उद्योगी अरुणराज सुमार्गी, बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमला वाइवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*