मकवानपुरगढीस्थित कान्तिलोकपथमा ईभी गाडी दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

बकैया दर्पण संवाददाता
५ बैशाख २०८२, शुक्रबार ०८:२४

मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा ईभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति कान्तिलोक पथ सडकखण्डमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको ईभी दुर्घटना हुँदा रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बस्ने ५० वर्षीया निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगरको मृत्यु भएको हो । निलमको उपचारको क्रममा मृत्यु भएको हो भने मानुसी दुर्घटनास्थल नजिकै खोल्सामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनमा घाइते १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*