एन्फाका पुर्वअध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकुवा

मकवानपुर:अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट फुकुवा भएका छन् ।
सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रतिबन्धकालमा थापा कुनै पनि संगठित फुटबलमा संलग्न हुन पाउँदैनथे । अब सबैखाले निलम्बनबाट फुकुवा भएको उनले जनाएका छन् ।
थापाले आफ्नो प्रतिबन्ध फुकुवा भएपछि नेपाली फुटबल सुद्धिकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले अब फुटबलका आधिकारिक फोरममै गएर आफ्ना कुरा राख्ने बताएका छन् ।