राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न भएको छ ।
युवा संगठनका जिल्ला संयोजक किशोर खत्रीको अध्यक्षता तथा राप्रपा जिल्ला अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा आज राप्रपा मकवानपुरको पार्टी कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
अधिवेशनमा जिल्ला भरिबाट २ सय ५० प्रतिनिधि सहभागी हुने छन् ।
राष्ट्रियता, संवैधानिक राजसंस्था, हिन्दूराष्ट्र, अखण्ड नेपाल र बहुदलीय प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र उदारवादी सिद्धान्तप्रति प्रतिबद्ध भइ समग्र युवाको हकहित उत्थानको संरक्षण र सम्बर्द्धन गर्दै युवामा राजनीतिक नेतृत्व विकास गर्नको लागि युवावर्गको प्रतिनिधिमूलक संस्था रहेको खत्रीले जानकारी गराएका छन्।
उनले युवाले नै युवाको समस्या समाधान गर्ने भएकोले मकवानपुर जिल्लाका सवै तहमा युवा सगठनलाई शसक्त बनाएर अघि लैजाने बताएका छन्।
अधिवेशन यही चैतको २ गते बालकुमारी पार्टी प्यालेसमा हुने जिल्ला संयोजक किशोर खत्रीले जानकारी दिनुभएको छ। कार्यक्रमको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वाधार विकास समिति सभापति माननीय दिपक बहादुर सिंहले गर्ने भएको छन् ।