कक्षा-८ को वार्षिक परिक्षा तालिका सार्वजनिक, चैत ७ गतेदेखि सुरु हुने

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले परिक्षाबारे जानकारी गराउनुभएको हो ।
आधारभुत तह (कक्षा-८) को परिक्षा संचालन तथा व्यवस्थापन समितिको फाल्गुन १५ गते बसेको बैठकले परिक्षा मिति तय गरिएको जनाएको छ । परिक्षा आगामी चैत ७ गतेदेखि १४ गतेसम्म संचालन हुने भएको छ । जसअन्तर्गत चैत ७ गते अङ्ग्रेजी, ८ गते नेपाली, १० गणित, ११ गते विज्ञान तथा प्रविधि, १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, १३ गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र अन्तिम दिन १४ गते स्थानीय पाठ्यक्रम र कम्प्युटर विषयको परिक्षा हुने भएको छ ।
परिक्षा केन्द्र सम्बन्धित विद्यालयमै तोकिएको छ । परिक्षा दिउँसो १ बजेदेखी ३ बजेसम्म संचालन हुने सूचनामा उल्लेख छ ।