पशुपती वन समुहको समितीमा थापाको प्यानल विजय

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०८१, बिहीबार २१:३५

बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहले नयाँ समिति पाएको छ । समितीको १४ औँ साधारणसभाबाट नयाँ समिती चयन हुन नसकेपछि स्थगित भएको निर्वाचन बिहीवार भएको हो ।

https://www.facebook.com/share/v/1EZmz4WFpw/

निर्वाचनमा दियो चुनाव चिन्ह पाएका किशोर थापा मगरको प्यानल नै निर्वाचित भएको छ । आज बिहीवार सम्पन्न निर्वाचनमा २७२ मतसहित अध्यक्ष थापा, सचीवमा २ सय ६७ मतसहित राम बाबू थिङ, सह-सचीवमा २४९ मतसहित उमेश राई र २५७ मतसहित कोषाध्यक्षमा बिनिता राई निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा तीन प्यानल सहभागी भएका थिए। जसमा चरा चिन्हमा जीवन थापाको प्यानल, फुटबल चिन्हमा जितमान भोलनको प्यानल र दियो रचिन्हमा किशोर थापा मगरको प्यानल रहेका थिए । निर्वाचनमा ५०८ मतमध्ये ४८६ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*