पशुपती वन समुहको समिती चयनका लागि निर्वाचन, ४८५ मत खस्यो
बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । समितीको १४ औँ साधारणसभाबाट नयाँ समिती चयन हुन नसकेपछि स्थगित भएको निर्वाचन बिहीवार भएको हो ।

निर्वाचनमा ९७% मत खसेको र मतगणना सुरु हुन लागेको निर्वाचन समितीले जनाएको छ । निर्वाचनमा तीन प्यानल सहभागी भएका छन् । जसमा चरा चिन्हमा जीवन थापाको प्यानल, फुटबल चिन्हमा जितमान भोलनको प्यानल
दियो रचिन्हमा किशोर थापा मगर को प्यानल रहेको छ । निर्वाचनमा ५०८ मतमध्ये ४८५ मत खसेको छ ।
