सीपमुलक तालिममा सहभागी हुन बकैयाको आह्वान
बकैया दर्पण : बकैया गाउँपालिकाले सीपमुलक तालिममा सहभागी हुन आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सोमबार एक सुचना जारी गर्नुहुँदै तालीममा सहभागी हुन आह्वान गर्नुभएको हो ।

चालू आर्थिक वर्ष २०८१/८२ का लागि बकैया गाउँपालिका र प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालीम परिषद् हेटौंडाबीच सीपमुलक तालीम सम्बन्धि कार्यक्रम सम्झौता भए अनुसार सिलाइकटाई तालीममा सहभागी हुनका लागि निवेदन दिन आह्वान गरिएको छ । तालीममा सहभागिताका लागि १६ वर्ष पूरा भएर ४० ननाघेको गाउँपालिकाबासीले निवेदन दिन सकिने जनाएको छ ।
तालीममा सहभागी हुन ७ दिनभित्र निवेदन दिन भनिएको छ ।
