कैलाशस्तरिय राष्ट्रपति रनिशशिल्ड प्रतियोगिता भोलिदेखी सुरु हुँदै

बकैया दर्पण संवाददाता
६ फाल्गुन २०८१, मंगलवार ०९:५७

बकैया दर्पण : मकवानपुरको कैलाश गाउँपालिकास्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भोलि बुधबारदेखि सुरु हुँदैछ । गाउँपालिकाको आयोजना र पालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

कैलाश-३, कालिकाटारस्थित भवानी माविको खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको पालिका खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ६ वटा माध्यामिक तहका विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । प्रतियोगिताको बुधबार बिहान ८ बजे गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानद्वारा उद्घाटन गर्ने तयारी छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ कबड्डी, भलिबल, एथलेटिक्स र मार्सल आर्टका खेलहरुमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछ । गाउँपालिकास्तरिय प्रतियोगितामा छनौट भएका खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*