बागमती खेलकुद विकास परिषदको सदस्य सचिवमा दीपक लामा नियुक्त

बकैया दर्पण संवाददाता
२७ भाद्र २०८१, बिहीबार ०६:३८

बकैया दर्पण : बागमती प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा दीपक लामा नियुक्त भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले दीपकलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिसमा मन्त्रिपरिषदको बैठकले दीपकलाई सदस्य सचिव लामालाई नियुक्त गरेको हो । सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार दीपकको नियुक्तिमा युवा तथा खेलकुद मन्त्रालयको समेत सहमती रहेको छ ।

कानुनी रुपमा सामाजिक विकास मन्त्रीको सिफारिसमा सदस्य सचिव नियुक्त गर्ने व्यवस्था रहेपनि प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय पनि कायम रहेकाले सो मन्त्रालयको जिम्मेवारीमा रहेका मीनकृष्ण महर्जनको सहमती लिएर दीपकलाई नियुक्त गरिएको उनले बताए । नुवाकोटका स्थानीय दीपक उसु खेलाडी हुन् ।

मन्त्रिपरिषद बैठकले प्रदेश खेलकुद विकास परिषदको संशोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रहेपनि कानुनी रुपमा सामाजिक विकास मन्त्रालय लेखिएका र केही प्रावधानहरु संशोधन गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बैठकले उक्त प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

युवा तथा खेलकुद मन्त्री महर्जनको पहलमा उक्त संशोधन प्रस्ताव संसदमा पेश गर्न मन्त्रिपरिषदले स्वीकृती दिएको हो । मन्त्री महर्जनका अनुसार विभागिय जिम्मेवारी लिएदेखि नै ऐन संशोधन गरेर अधिकार मन्त्रालय अन्तर्गत ल्याउन भुमिका खेलेको थिए । लामो समय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रोकीएको उक्त प्रस्ताव अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषदबाट स्वीकृत भएसंगै सो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ताका लागि पठाइने मन्त्री महर्जनले बताए । आगामी प्रदेशसभा बैठकमा सो प्रस्ताव संसदमा पेशगरी छलफल सहित पारित गरिने उनको भनाई छ ।

बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको भुमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको इकाइ कार्यालयहरुमा विनियोजित बजेटको अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*