भिरबाट लडेर मकवानपुरगढी गाउँपालिकाको रुम्बाको मृत्यु

बकैया दर्पण संवाददाता
२६ भाद्र २०८१, बुधबार १७:४१

बकैया दर्पण : मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, सरमपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजेको समयमा १७ वर्षीय शीर बहादुर रुम्बा मृत भेटिएका हुन् ।

रुम्बा बेशी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*