बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

बकैया दर्पण संवाददाता
२४ भाद्र २०८१, सोमबार ०८:०३

बकैया दर्पण : बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामग्री हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सबै जनताको स्वास्थ्यमा पहुँच हुनुपर्ने बताउनुभयो । स्वास्थ्य सामग्रीलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिनेगरी सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । बिरामीको उपचारमा साना साना सामग्रीले ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्नुपर्नेमा मन्त्री थापाको जोड थियो ।

अस्पतालबाट माग भए बमोजिम बागमती प्रदेश , स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपुर्ती व्यबस्थापन केन्द्र हेटौंडाद्वारा सीप्याप मेसिन, बिप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर , डेफिब्रीलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औसधिहरु अस्पतालका प्रमुख डा। राकेश कुमार वर्मालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा आपुर्ती केन्द्रका निर्देशक बसन्त अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता डा। खगेश्वर गेलाललगायत सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*