मोटरसाइकल दुर्घटनामा परि बागमतीका प्रविण बज्युको मृत्यु

बकैया दर्पण संवाददाता
२२ भाद्र २०८१, शनिबार १७:०३

बकैया दर्पण : सिन्धुली मदन भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका–४ का २२ वर्षीय प्रविण बजुको मृत्यु भएको छ । दुर्घटनामा परी बागमती गाउँपालिका–५ का २१ वर्षीय भेषबहादुर गोले गम्भीर घाइते छन् ।

गोलेले चलाएको बा प्र ०३–००५ प ९८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शुक्रबार दिनको ४ बजेको समयमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२, चयननपुरमा दुर्घटना भएको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएका बजु र गोलेलाई उपचारका लागि हेटौँडा ल्याइएको थियो । हेटौंडस्थित मकवानपुर सहकारी अस्पतालमा उपचारको क्रममा बजुको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गम्भीर घाइते गोलेको चितवन जिल्लास्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*