रौतहट पौराई गाउँपालिका वडा नम्बर–२का अक्कलेलाई बकैया खोलाले बगाएर बेपत्ता

बकैया दर्पण संवाददाता
२२ भाद्र २०८१, शनिबार १६:४७

बकैया दर्पण : मकवानपुरमा ससुराली जान लागेका एक युवकलाई बकैया खोलाले बगाएर बेपत्ता पारेको छ ।

रौतहट पौराई गाउँपालिका वडा नम्बर–२ घर भई हाल जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नम्बर–६ जसपाल स्थित फास्ट ट्याकमा काम गर्दै आएका २८ वर्षका अकले माझीलाई बकैया खोलाले बगाएको हो ।

उनी बकैया ६ जुईनामा आफ्नो ससुराली जानलाई बकैया खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाएको आसङका गरेको र हालसम्म  सम्म फेला नपरेको बकैया गाउँ कार्यपालिका सदस्य लोकेन्द्र माझिले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*