मकवानपुरको हटिया कठायत चोकमा मोटरसाइकल दुर्घटना दुई जान घाईते

बकैया दर्पण संवाददाता
२२ भाद्र २०८१, शनिबार ११:५९

बकैया दर्पण : हेटौंडाको हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा ठोकिएर दुइ जना घाइते भएका हुन् ।

सडकबाट क्रस गर्न लागेको कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४४ वर्षिय प्रलाद गौतम सामान्य भएका छन् ।

मोटरसाइकलमा पछाडी सवार सोही स्थानका ४६ वर्षिय  उत्तम गौतम गम्भिर घाइते भएका छन् । घाइतेलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछी भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*