हेटौँडाबाट स्याउ बोकेर काठमाडौँ आउँदै गरेको पिकअप गाडी दुर्घटना

बकैया दर्पण संवाददाता
२१ भाद्र २०८१, शुक्रबार १३:१९

बकैया दर्पण :  हेटौँडाबाट स्याउ लिइ काठमाडौँ आउँदै गरेको पिकअप गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा दुर्घटना भएको छ ।

दुर्घटनामा पिकअप गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका –१६ इनवा बस्ने २७ बर्षिय लक्ष्मीप्रसाद यादव गाडीबाट हामफाल्दा सामान्य घाइते भएका छन् । भने सहचालक ३० वर्षीय रमेश पटेल सकुशल छन् ।

हेटौँडाबाट स्याउ लिइ काठमाडौँ आउँदै गरेको ना ३ च ६२४५ नम्बरको पिकअप गाडी उकालोमा चढ्न नसकी ब्याक हुँदा दुर्घटना भएको हो । गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेलाई स्थानीय क्लिनिकमा उपचारका लागि पठाइएको र गाडी घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*