हेटौंडामा एक प्रतिशतमा झ-यो विद्युत् चुहावट

बकैया दर्पण संवाददाता
१९ भाद्र २०८१, बुधबार १०:४८

हेटौँडा क्षेत्रमा गत आव २०७९र८० मा ६.६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आव २०८०/८१ मा विद्युत् चुहावट एक प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई.शिवराम यादवले बताए।

आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा दुई लाख २९ हजार ३७९ महशुल संकलन भएको कार्यालयले जनाएको छ। यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने दुई हजार १९६ ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार ११७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट पाँच करोड ६५ लाख ८० हजार ४४३ बक्यौता असुली भएको प्रमुख यादवले जानकारी दिए।

अभियान शुरु भएपछि महसुल संकलनमा सुधार भएको छ । आव २०८०/८१ म सो कार्यालयले दुई अर्ब ५४ करोड ५७ लाख पाँच हजार ५२३ रुपैयाँको विद्युत् बिक्री हुँदा दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार ३२५ महशुल संकलन भएको प्रमुख यादवले जानकारी दिए। यो कार्यालयअन्तर्गत ७७ हजार ७६० ग्राहक छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*