हेटौंडामा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको मृत्यु

बकैया दर्पण : हेटौंडा–१९, नेवारपानीस्थित पुर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेका छन् ।
नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिई जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ ।
जन पत्र