बकैया १२ मा पहिरोले विद्यालय भवनमा क्षति

बकैया दर्पण संवाददाता
१२ भाद्र २०८१, बुधबार १९:४०

बकैया दर्पण : पूर्वी मकवानपुरको बकैया गाउँपालिका– १२, कोलखोपस्थित श्री प्राथमिक विद्यालयको भवन भत्किएको छ । मंगलबारको अविरल वर्षासंगै माथिबाट पहिरो खस्दा विद्यालयको भवन भत्किएको हो ।

पहिरोले इँट्टा, सिमेन्ट र जस्ताले बनेको भवनको दुई वटा कोठा भत्किएको  छ । पहिरोले कोठाभित्र रहेको फर्निचर र फाइलहरु पूर्णरुपमा क्षति भएको र भवनसँग जोडिएको शौचालयमा समेत आंशिक रुपमा क्षति भएको वडा १२ का अध्यक्ष ज्ञानेन्द्र  बजगाईज्यु ले बताए ।

विद्यालय भवनको २ वटा कोठा पूर्णरुपमा क्षति भएको अघिल्लो बर्ष स्थर ब्यान्जामीन सस्था बाट निर्माण गरेको थियो पहिरोले क्षती भएको  उक्त कक्षा कोठामा अध्ययन गर्ने छात्रछात्राहरुलाई कक्षा ४ र ५ कक्षाको कोठामा राखेर अध्यन गराई रहेको छ। पहिरोले क्षति पु¥याएको २ वटा कोठामा २ र ३ कक्षाका विद्यार्थीहरु अध्ययन गर्थे ।

’पहिरोको कारण विद्यार्थीहरु त्रसित छन्  । शिशु कक्षादेखि ५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा ५० जना छात्रछात्राहरु अध्ययन गर्छन् । तीमध्ये ४९ जना तामाङ समुदायका बालबालिकाहरु अध्ययनरत छन् भने एक दलित समुदायका बालक छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*