हेटौंडाको होटेल रत्नामा एक युवती मृत फेला

बकैया दर्पण संवाददाता
१० भाद्र २०८१, सोमबार १८:५०


हेटौंडा वडा नम्बर १० बसपार्कमा रहेको होटल रत्नामा हेटौंडा ११ की एक युवती मृत अवस्थामा फेला परेकी छिन्।
मृत अवस्थामा फेला पर्नेमा हेटौँडा ११ की अन्दाजी २३/२४ वर्षीय एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

उक्त महिला एक पुरुषसंग आइतबार राति उक्त होटलको कोठा नम्बर २०५ बसेको र बिहान अबेरसम्म नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली र संचालक, जनप्रतिनिधि सहितले झ्यालबाट हेर्दा युवति ओछ्यानमा मृत अवस्थामा फेला परेको डिएसपी भण्डारीले जनाएका छन् । कोठा भित्रबाट लक गरिएको अवस्थामा रहेको र आफै घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकिएको डिएसपी भण्डारीले बताए ।

युवतिसंगै रहेको पुरुष आइतबार रातिनै निस्किएको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ। शव परिवारले शनाखत गरेको र पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*