बागमती प्रदेश पर्यटन मन्त्री निवासमा आगलागी

बकैया दर्पण संवाददाता
९ भाद्र २०८१, आईतवार २२:०८

बकैया दर्पण : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आज साँझ आगलागी भएको छ ।

मन्त्री बस्ने भवनको माथिल्लो तलामा रहेको सभाहलमा आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, पावर सप्लाइ बक्स, वाइफाइ राउटर, गलैंचा, जिप्सन बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आइतबार साँझ ७ बजेर ४० मिनेट जाँदा आगलागी सुरु भएको र ७ बजेर ५५ मिनेटमा निभाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। आगलागी हेटौंडा उपमहानगरको वारुणयन्त्र प्रयोग गरिएको थियो ।

विद्युत सर्ट भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा-९ लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको कर्मचारी आवासलाई नै मन्त्री निवास बनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*