हेटौंडाको मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिदा ३ जाना घाइते

बकैया दर्पण संवाददाता
७ भाद्र २०८१, शुक्रबार १६:२५

बकैया दर्पण : पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा–९ मास्टर चोकमा ग्यास बोकेको बुलेटले ठक्कर दिँदा शुक्रवार बिहान तीन जना घाइते भएका छन् ।

कार चालक स्याङ्जाको अरुणचौपाही–१ का ३३ बर्षीय चुडा बहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा–११ का ६३ बर्षीय पुरण श्रेष्ठ र लमजुङको बेसीसहर–८ की १७ की नेहा राना मगर घाइते भएका हुन ।

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको एनएल०१एल २९७१ नम्बरको एलपी ग्यास बोकेको भारतीय ग्याँस बुलेटले पथलैयातर्फ जाँदै गरेको ग३च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको दाहिने कुम, हात, निधार, नाक र मुखमा चोट लागेको छ । उहाँहरूको हेटौँडा स्थित सन्चो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने ग्यास बुलेटका चालक फरार रहेको र खोजतलास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*