तनुहँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना

बकैया दर्पण संवाददाता
७ भाद्र २०८१, शुक्रबार १३:१०

बकैया दर्पण  :  तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा सुरक्षाकर्मीले तीव्र रूपमा उद्धार गरिरहेको छ।

ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्‍यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र  रूपमा उद्दार गरिरहेको हो। त्यस्तै, गोताखोरसहितको टोलीसमेत खोजी र उद्धार कार्यमा पुगिसकेको छ।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घाइते र हताहतीको संख्या यकिन हुन बाँकी छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा खसेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*