धारिलो हतियार दाउको प्रहारबाट एक जना वृद्ध घाइते

बकैया दर्पण संवाददाता
७ भाद्र २०८१, शुक्रबार १२:५८

बकैया दर्पण : हेटौँडा उपमहानगरपालिका वडा नं.१० बसपार्कमा धारिलो हतियार दाउको प्रहारबाट एक जना वृद्ध घाइते भएका छन । हेटौँडा–१, चाइनाक्वाटरका ७१ वर्षीय प्रेमबहादुर कार्की घाइते भएका हुन ।

बिहीबार बिहान ११ बजेर ५० मिनेटको समयमा हेटौँडा–१३, पदमपोखरीका ५३ वर्षीय अर्जुन गोम्जा र कार्कीबीच विवाद हुँदा गोम्जाले दाउले प्रहार गर्दा कार्कीको दायाँ कानमा गहिरो चोट लागेको हो ।

कार्कीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा थप उपचारका लागि बिहीबार साँझ ५ बजेर ४० मिनेटको समयमा भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धारिलो हतियार सहित गोम्जालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।#अनिरुद्र खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*