खहरे खोलाको कारण बकैया ७ को ३ बिद्यालय अध्यन गर्न बिध्यार्थिहरुलाई सास्ती

बकैया दर्पण संवाददाता
६ भाद्र २०८१, बिहीबार १३:३७

बकैया दर्पण : बकैया गाउँपालिका वड नं ७ हुँदै बग्ने थोर्पा खहरेमा पुल नहुदा यहाँका बालबालिका जोखिम मोलेर बिद्यालय जान बाध्य छन वर्षायाममा उनिहरु यात्रा गरेर बकैया २ मा रहेको कालिका मा बि बिद्यालय जान बाध्य छन ।

तेस्तै बकैयामा ७ मा रहेको हिरामुनी,कत्लेखोला र थोर्पा खहरेमा पुल नहुदा पानी परेको बेला बकैया वडा नं ७ मै रहेको तिनकन्य प्रा बिमा कत्लेखोलाको कारण बिध्यार्थी अध्यन गर्न जोखिम मोलेर जानू परेको छ भने हिरामुनी खहरेका कारण हिरामुनी, हात्तिखोला,धमिले माथिलो भिरकोट र कोलखहरे आसपासका बिध्यार्थी बकैया ७ मा रहेको जनक माध्यमिक बिद्यालय ब्राईट फ्युचर बोर्डिङमा अध्यन गर्न जोखिम मोलेर जान परेको छ ।

यसरी समस्या भैरहदा तत्काल स्थानिय सरकारको बजेट बाटै समस्याको समधान खोज्न परेको स्थानियहरुको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*