दुर्घटनामा हुम्लाका गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु

बकैया दर्पण संवाददाता
४ भाद्र २०८१, मंगलवार १३:२४

बकैया दर्पण : हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । पार्टीमा मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*