मोटरसाइकलले ठक्कर दिदा बालकको मृत्यु

बकैया दर्पण संवाददाता
२ भाद्र २०८१, आईतवार ०५:०९

बकैया दर्पन : मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ९, धापमा शनिवार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

धापस्थित भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी स्थानीय रामचन्द्र अर्यालका ५ वर्षीय छोरा शिभांस अर्यालको मृत्यु भएको हो ।

मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले बाटो छेउमा हिँडिरहेका अर्याललाई ठक्कर दिएको थियो ।

बालकको हेटौँडा अस्पतालमा उपचारको क्रममा दिउँसो तीन बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

प्रहरीले बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर दिने व्यक्ति हेटौँडा १४ का १७ वर्षीय युवक रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*