इन्द्रसरोबरको छापडाँडामा अरिङ्गालले टोकेर गोलेको मृत्यु

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८१, बिहीबार १२:१२

बकैया दर्पण : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ छापडाँडामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

इन्द्रसरोवरका ३२ वर्षीय सुमन गोलेको अरिङ्गालले टोकेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार घरदेखी एक किलोमिटर दक्षिण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिङ्गालले टोकेर घाईते गोलेको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते गोलेलाई आफन्तले उपचारको लागी मनमोहन स्मृति सामुदायिक अस्पताल फर्फिङ काठमाण्डौमा लगेकोमा बिहीवार बिहान डाक्टरले मृत घोषणा गरेका हुन । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*