टोखामा रुख ढलेर अबरुद्ध बाटो सशस्त्र प्रहरीले खुलायो

बकैया दर्पण संवाददाता
२९ श्रावण २०८१, मंगलवार १२:०४

बकैया दर्पण : सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको टोखामा रुख ढलेर अबरुद्ध भएको गोरेटो बाटो खुलाएको छ ।

सशस्त्र प्रहरीले सोमबार अविरल वर्षाका कारण टोखा नगरपालिका वडा नं. ४ र ६ को सिमानामा पर्ने गोरेटो बाटोमा रुख ढली अवरुद्ध भएको बाटो खुलाएको हो ।

पहिरोको कारण जोखिममा रहेका बस्तीलाई २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालले विपतका बेला आफूलाई अग्रपंक्तिमा राखेर उद्धारमा खटिने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*