दाङमा जिप दुर्घटना हुँदा ७ जना घाइते‚ एकजना सिकिस्त

बकैया दर्पण संवाददाता
२१ श्रावण २०८१, सोमबार ०३:१५

बकैया दर्पण : शान्तिनगर गाउँपालिका-१ हाँडिचार तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जिप आइतवार साँझ करिब साढे ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिपमा सवारमध्ये सल्यान त्रिवेणी गाउँपालिका-३ टोट्केका करिब ४६ वर्षीय यमबहादुर केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सल्यान त्रिवेणी गाउँपालिका-३ की ४५ वर्षीया ऐश्वर्य केसी, ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली‚ २५ वर्षीया सरिता खड्का, ३१ वर्षीया रोजिका ओली र लमजुङ मध्यनेपाल नगरपालिका-७ की २४ वर्षीया लिला बास्तोला घाइते भएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप घटनास्थलमा रहेको र चालक फरार रहेका हुँदा खोजी भइरहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यसैगरी दाङको दंगीशरण गाउँपालिका-६ बागरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्।
आइतवार बेलुका करिब ८ बजेतिर बगरबाट तुलसीपुरतर्फ आउँदै गरेको बा–प्र–२०–०४७ प ७९७८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा पैदलयात्री सोही ठाउँकी ४५ वर्षीया डम्बरीकुमारी परियारको बाँया खुट्टामा चोट लागेको छ। परियारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक दंगीशरण-३ हेकुलीका २७ वर्षीय आर्यन चौधरी र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १६ वर्षीय राज चौधरी घाइते भएका छन्।

उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*