पोखरामा स्कुल बस दुर्घट:आमाछोराको मृत्यु

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८१, सोमबार १५:५८

बकैया दर्पण : पोखरामा सोमबार बिहान एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा आमाछोराकै मृत्यु भएको छ

पोखरा २१ निवासी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीय आरती बिक र उनको ६ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*