बागमतीको पाँचपण्डपमा कार दुर्घटना एकजनाको अवस्था गम्भीर

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८१, सोमबार ११:४८

बकैया दर्पण : आज बिहान ७ बागमती गाउँपालिका -४ पाँचपाण्डव बागमती पुल नजिक स्कार्पियो दुर्घटना भएको हो। बागमती प्रदेश B AD ७३४६ नम्बरको कालो स्कार्पियो सिन्धुलीबाट हेटौंडा तर्फ जाने क्रममा मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल नजिक अनियंत्रित भैइ दुर्घटना भएको चालक दिपक परियार बताएको छ।

उक्त स्कर्पियो कार चालक उदयपुर जिल्ला कटारी नगरपालिका-४ निवासी वर्ष ३६ को दिपक परियार, सोही नगरपालिका निवासी वर्ष ५३ को राजिव थापा, वर्ष ४७ को पुस्पा थापा, र मोरङ जिल्ला बिराटनगर महानगरपालिका -१६ निवासी वर्ष ६८को हरि थापा लगायतको ब्यक्तिहरु सामान्य घाइते भएका छन भने मोरङ जिल्ला बिराटनगर महानगरपालिका-१६ निवासी वर्ष ६५ को लक्ष्मी थापा घम्भिर घाइते भएको छ।

घाईतेहरुलाई स्थानीय सान्भी पोलिक्लिनिक मेडिकल झुरझुरेमा सामान्य प्राथमिक उपचार पश्चात् थप उपचारको लागि हेटौंडा लगिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*