पूर्वाधार विकास समितिले गर्‍यो नागढुंगा सुरुङमार्गको अवलोकन

बकैया दर्पण संवाददाता
११ श्रावण २०८१, शुक्रबार ०८:०६

मकवानपुर । संघीय संसद् अन्तर्गतको पूर्वाधार विकास समितिले बिहीबार नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको स्थलगत अवलोकन गरेको छ ।

समितिका सभापति सांसद दीपकबहादुर सिंहको अगुवाइमा समितिका सदस्य सांसद, सचिवालयका उपसचिव सहितका कर्मचारी सम्मीलित अनुगमन टोलीले सुरूङ निर्माणको प्रगतिबारे आयोजना स्थलका इन्जिनियर तथा प्राविधिकहरूसंग विवरण लिएको छ ।

त्रिभुवन राजपथको सिस्नेखोला, धादिङ्गदेखि सुरू भई किसिपिडि, चन्द्रागिरि नगरपालिका हुँदै काठमाडौंमा अन्त्य हुने सुरूङमार्ग कुल २.६८८ किमी लामो रहेको छ ।
यो आयोजनाको हाजमा आन्दो कर्पोरेसन जापानसँग सेप्टेम्बर २३, २०१९ मा ठेक्का सम्झौता भएको थियो । अप्रिल २६, २०२३ मा निर्माण सम्पन्न गर्नुपर्ने यो आयोजनाको विभिन्न कारणले ३ पटक म्याद थप भइसकेको छ ।

यस अनुसार अब निर्माण पक्षले यो आयोजना सन् २०२५ को अक्टोबरसम्म नेपाल सरकारलाई निर्माण सम्पन्न गरि बुझाइसक्नुपर्ने छ । नागढुंगा सुरूङ मार्गको निर्माण गर्नको निमित्त नेपाल सरकार र जापान सरकारको बीचमा डिसेम्बर २२, २०१६ मा ऋण सम्झौता भएको थियो ।

आयोजनाको कुल लागत रू २२.८३ अर्बमध्ये दातृसंस्था जाइकाले रू. १७.१५ अर्ब ऋणमार्फत् उपलब्ध गराउने छ र बाँकी रू. ५ .६७ अर्ब नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।

ऋणमार्फत् प्राप्त रकम आयोजना निर्माण, अनुगमन र सुवरिवेक्षणमा खर्च हुने र नेपाल सरकारमार्फत् प्राप्त रकम मुआब्जार क्षतिपुर्ति र अन्य सामाजिक र प्रशासनिक कार्यमा खर्च गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*