हेटौंडामा वर्षाका कारण दुई दर्जन घर डुवानमा
बकैया दर्पण : अविरल वर्षाका कारण हेटौंडा उपमहानगरपालिका(५ का विभिन्न स्थानका करिब २५ घर डुवानमा परेका छन् ।
डुवानमा परेकाहरुको प्रहरीले शकुशल उद्धार गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले वताए ।
उक्त घरहरु स्थानीय खोल्सीमा आएको भेलले निकास नपाएपछि घर डुवानमा परेको हो ।विशेषगरी लक्ष्मी नारायण मन्दिर क्षेत्रका घरहरु डुवानमा परेका थिए ।
यसैगरी मकवानपुरगढी गाउँपालिका २ कृपिडाडास्थित सन्तवहादुर घलानको गोठ भासिएर चार वटा गाई गोठ भित्र थुनिएका थिए ।
प्रहरी र स्थानीयबासीले २ वटा गाई सकुशल बाहिर निकालेका छन् भने २ वटा गोठ भित्रै बिरामी अवस्थामा छन् ।