हेटौंडा-काठमाण्डौं छोटा दुइ वटा सडकमा पहिरोका कारण तीन स्थानमा अबरोध

बकैया दर्पण संवाददाता
२३ असार २०८१, शनिबार ०९:०८

बकैया दर्पण । हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने छोटा दुइ वटा सडकमा पहिरोका कारण तीन स्थानमा अबरोध भएको छ । वर्षाका कारण हेटौंडा–भीमफेदी, कुलेखानी सडक र कान्तिलोकपथ सडकमा अबरोध भएको हो ।

मकवानपुर इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ छेपारे स्थित दक्षिणकाली सडक खण्डमा बर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको छ । अहिले पनि अबिरल बर्षाले तत्काल बाटो खुलाउन नसकिने र बाटो खुलाउनको लागि सडक विभाग सँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसैगरी यही सडक खण्डमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ महालक्ष्मी खोला नजिक मातातिर्थ,चखेल र देउराली जाने सडक खण्डमा पहिरो गएर बाटो पुर्ण अवरोध भएको छ ।

यसैगरी मकवानपुरको भिमफेदि भीमफेदी गाउँपालिका वडा नम्बर–८ प्रतापडाडा स्थित कान्ती लोकपथ सडक खण्डमा अविरल बर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको र अहिले खुलाईको प्रहरीले जनाएको छ । यसै सडकको ललितपुर एरियामा बाटो अवरोध रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*