हिमालय क्षेत्रमा हिउँ कम : जल संकटको चेतावनी

बकैया दर्पण संवाददाता
७ असार २०८१, बिहीबार १०:५५

बकैया दर्पण :  तथा मौसम विज्ञान विभागको हिम सर्भे तथा हिमताल शाखाका अनुसार यस वर्षको हिउँदयाम सुक्खा हुँदा पनि हिमालयमा हिउँको मात्रा घटेको छ ।

वैज्ञानिकहरुले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा घट्दै गएकाले करोडौं जनसंख्या पानीको संकटमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुले यसो हुनुमा मुख्यरुपमा जलवायु परिवर्तनको कारणलाई लिएका छन् ।

नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ परेको र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घटेको छ ।

यसबाट हिउँमा निर्भर र हिमालय क्षेत्रबाट निस्कने नदीहरुको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई संकटमा पार्न सक्ने चेतावनी दिइएको छ ।

त्यसैले नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार जस्ता देशहरुलाई चेतावनी दिँदै इसिमोडले भनेको छ, ‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायहरुका लागि खतराको घण्टी हो ।’

त्यसैले इसिमोडका वैज्ञानिकहरुले पानी अभाव, बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*