हत्या आरोपमा एक महिलासहित तीनजना पक्राउ

बकैया दर्पण संवाददाता
४ असार २०८१, सोमबार २०:३२

बकैया दर्पण : हत्याको आरोपमा बैतडीमा तीनजना पक्राउ परेका छन्। पाटन नगरपालिका-६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा पाटन-६ कै २६ वर्षीया भागरथी बिष्ट, पाटन-१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेका छन्।​

भागरथीलाई घरबाटै,राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भूपाल थापाले जानकारी दिए।

तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो।

मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए। विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए। त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*