बकैया रिभर साईड युथ क्लब र सब डिभिजन बन कार्यलय गरगरेको सहकार्यमा सरसफाइ तथा लागुऔषध दुर्ब्यसन कार्यक्रम

बकैया दर्पण संवाददाता
२ असार २०८१, शनिबार २२:१४

बकैया दर्पण : बकैया गाउँपालिका वडा नं ४ मा रेहेको बकैया रिभर साईड युथ क्लब द्वारा सरसफाइ तथा लागुऔषध दुर्ब्यसन कार्यक्रम आज सम्पन्न भएको छ ।

बकैया गाउँपालिका वडा नं ४ मा रहेको बकैया रिभर साईड युथ क्लब र सब डिभिजन बन कार्यलय गरगरेको सहकार्यमा सरसफाई तथा लागू औषध दुर्ब्यसनी रोकथाम कार्यक्रम गरेको हो ।

बकैया गाउँपालिका वडा नं ४ सडक पेटि र बस्तिमा फोहर ब्यबस्थापन र तेस्ता फोहर गर्नाले मानाबिय स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले सरसफाई तथा लागुऔषध कार्यक्रमको सुचारु गरेको हो ।

साथै लागुऔषध दुर्ब्यसन बढदै गएकोले तेसबाट हुने असरहरुको सचेत गराउने हेतुले जनचेतानामुलक कर्याक्रम राखिएको बकैया रिभर साईड युथ क्लबका उपाध्यक्ष जीवन सन्जेलले बकैया दर्पणलाई जनाकारी दिए ।

कार्यक्रम बकैया रिभर साईड क्लबका अध्यक्ष शुरेश स्याङतानको सभाअध्यक्षमा संचालन रहेको थियो भने प्रमुख अतिथिमा बकैया गाउँपालिका वडा नं ४ का अध्यक्ष राजन दंगाल,बिशिस्ट अतिथिमा बकैया खेबिसका अध्यक्ष बिजय थिङ्ग, अतिथिहरुमा हात्तिसुंडे प्रहरी चौकीका वरिष्ठ सहिसाब लक्ष्मण देवकोटा,सब डिभिजन बन कार्यालयका प्रमुख सारु श्रेष्ठ लगाएत स्थानिय बुद्धिजीवी र स्थानियको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*