चितवनको फिस्लिङमा कारसँग ठक्कर खाँदा रात्री बस त्रिशुली किनारमा खस्यो

बकैया दर्पण संवाददाता
१ असार २०८१, शुक्रबार ०९:५६

बकैया दर्पण : चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा बस त्रिशुली नदी किनारमा खसेको छ ।

आज बिहान ७ः२५ बजे नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको बस विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसंग ठक्कर खाइ बस त्रिशुली नदी किनारमा खसेको हो ।

बस सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*