हर्दा चुनढुङ्गा जोड्ने झोलुङ्गे पुल निर्माण शुरू

बकैया दर्पण संवाददाता
३१ जेष्ठ २०८१, बिहीबार २३:१८

बकैया दर्पण : पुर्बी मकवानपुरको बकैया गाउँपालिका वडा नं -७ अन्तरगत हर्दामाटोकोरी चुन ढुङ्गा जोड्ने झुलुङ्गे निर्माण कार्य सुरु भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात कार्यलय अन्तरगत भौतिक बिकाश कार्यलय बाट कार्यान्वयन हुने उक्त पुल निर्माण कार्य ६१ लाखको कुल लागतमा सम्पन्न गरिने छ ।

जसमा कुल ६१ लाख बजेड मध्ये ८५% प्रदेश सरकार र १३% बकैया गाउँपालिका र २% स्थानीयको श्रमदान रहने छ।

गाउँपालिकाको टेन्डर अन्तरगत ३१ लाख र उपभोक्त समितिले ३० लाख रकम कार्यान्वयनमा उक्त पुल निर्माणको कार्य सम्पन्न गरिने छ।

उक्त झुलुङ्गे पुल १५० मिटर लामो लम्बाईमा निर्माण हुने झुलुङ्गे पुल निर्माणकार्य २०८१ साल असार १५ गते सम्म निर्माण कार्य सम्पन्न हुने बकैया गाउँपालिका वडा नं -७ का अध्यक्ष मान बहादुर सिङताले बकैया दर्पणलाई जानकारी दिए।

उक्त झुलुङ्गे पुल निर्माण सङै करिब ३०० घरधुरी र १ हजार भन्दा बढी जनताले बर्षा याममा खोलको जोखिम बाट मुक्त हुने छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*